सांसद अमरेशकुमार सिंहले दिए सांसद पदबाट राजीनामा

काठमाडौँ – नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् ।

बुधबार साँझ बालुवाटार पुगेर सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सिंहले राजीनामा पत्र बुझाएका छन् । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट विजयी सांसद सिंहले क्रियाशील सदस्यता वितरणमा धाँदली भएको र अरु पार्टीबाट कांग्रेस प्रवेश गर्नेलाई मनलाग्दी तवरले क्रियाशील सदस्यता दिइएको भन्दै असन्तुष्टि जनाएका छन् । आफूले सभापति देउवालाई राजीनामा बुझाएको सिंहले बताए । यता प्रधानमन्त्री देउवाले राजीनामा बुझ्दै दुई दिनभित्र क्रियाशील सदस्यबारे देखिएको विवाद हल गर्न डा. सिंह सँग समय दिन माग गरेका छन् ।

तर सिंहले राजीनामा पत्र बुझाएर फर्केका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा १० दिनदेखि बारा, धनुषा, सर्लाहीलगायत जिल्लाका नेता तथा कार्यकर्ता धर्ना, आमरण अनसनमा छन् । २ दिन भित्र विवाद हल नभए समाभुख समक्ष राजीनामा बुझाउने सांसद सिंहले बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्