जुलाई ३१ मा हुने एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा राष्ट्रिय समन्वय समिति सदस्य सुजनको उम्मेदवारी

गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको निर्वाचन यहि आउँदो जुलाई ३१ मा हुने भएको छ । साउथ अष्ट्रेलियामा नेपाली समाजको जनसंख्या बढ्दै गइरहेको अवस्था छ र यसलाई अझ राम्रो सामाजिक वातावरणको सृजना गर्न सबैको साथ र सहयोगको आजको आवश्यकता बन्न पुगेको छ । यहि आवश्कतालाई मध्यनजर गर्दै निर्वाचनममा साउथ अस्ट्रेलियाबाट राष्ट्रिय समन्वय समिति सदस्य उम्मेदवारको रुपमा प्रस्तुत हुने सुजन अधिकारीले बताएका छन् ।

उहाँ लेख्नुहुन्छ

साउथ अस्ट्रेलियामा बस्नु हुने सम्पूर्ण नेपालीहरुमा
म सुजनको नमस्कार ।

गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको निर्वाचन यहि आउँदो जुलाई ३१ मा हुने कुरा यहाँहरु जानकार नै हुनुहुन्छ ।

साउथ अष्ट्रेलियामा नेपाली समाजको जनसंख्या बढ्दै गइरहेको अवस्था छ र यसलाई अझ राम्रो सामाजिक वातावरणको सृजना गर्न तपाई हामी सबैको साथ र सहयोगको आवश्यकता छ र यहि आवश्कतालाई मध्यनजर गर्दै म यस निर्वाचनममा साउथ अस्ट्रेलियाबाट राष्ट्रिय समन्वय समिति सदस्य उम्मेदवारको रुपमा प्रस्तुत हुने जानकारी यहाँ माझ राख्दछु । समुदाय सँगै लामो समय नजिक रहेर काम गर्ने मौका मिल्यो ।
जसले समुदायका आवश्यकताहरुको बारेमा समेत म परिचिति छु । निर्वाचन पछि यहाँको बहुसांस्कृति समाजमा नेपाली समुदायलाई अझै सशक्त रुपले अगाडी बढाउन आफुले जाने बुझेका र सिकेका सिपहरुको सही सदुपयोग गर्दै मेरो अहम् भूमिका रहने छ । म विश्वा दिलाउन चाहन्छु, यहाँहरुको सुझाब साथ सहयोग र समर्थन रहनेछ भन्नेमा पूर्ण विश्वस्त छु ।

एनआरएनए अस्ट्रेलियाको संरचनागत सुधारमा तल उल्लेखित बुँदाहरु मैले काम गर्ने प्रयास गर्ने छु ।
१. अस्ट्रेलियामा विभिन्न राज्यहरुमा हाम्रा बालबालिकाहरुले नेपाली भाषा पढ्दै आएका छन् । त्यसमा एकरुपता बनाउन एउटै पाठ्यक्रम निमार्णका लागि भूमिका खेल्ने छु ।
२. हरेक राज्यमा कोभिड १९ पश्चात देखिएको मेन्टल हेल्थबारे जनचेतना फैलाउने कार्यक्रम गर्नेछु ।
३. युवाहरुमा ग्यम्ब्लिंग र पोकिज जस्ता कुराको लत देखिन सक्ने हुँदा त्यस सम्बन्धि जनचेतना जगाउने कार्यक्रम गर्ने छु ।
४. पछिल्लो समय निर्वाचन प्रणाली खर्चिलो हुँदै भएको छ , त्यसलाई मध्यनजर गर्दै एनआरएनए अभियानमा जोडिन चाहने सबैलाई पहुच गराउने छु ।
५. हामी प्रबिधियुक्त देशमा बसेका छौ त्यसैले हरेक सदस्यले घर मै बसेर अनलाईन भोटिंग गर्न पाउने ब्यबस्था एसै बर्ष देखी सुरुवात भयको छ यसलाई अझै प्रविधि मैत्री बनाउन विशेष दिनेछु ।
६. राष्ट्रिय सम्मलेन प्रत्यक २ वर्षमा भिन्न भिन्न राज्यमा गर्न पहल गर्ने छु ।
७. नेपालमा सुरक्षित व्यवसायीक लगानी र सामाजिक सेवाका काममा विशेष भुमिका खेल्ने छु ।

उमेद्वार दक्षिण अस्ट्रेलिया
राष्ट्रिय सम्वन्य समिति सदस्य  (NRNA NCC MEMBER)
सुजन अधीकारी ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्