माधव नेपालले दोस्रो अध्यक्ष मागे, नेपाललाई दोस्रो अध्यक्ष बनाउन ओली तयार

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो अध्यक्ष बनाउन आफू तयार हुँदा पनि वरिष्ठ नेता माधवकुमार नेपाल सहमतिमा नआएको बताएका छन् । पार्टी केन्द्रीय कमिटीको बुधबार बसेको बैठकलाई सम्बोधन गरेका ओलीले पार्टी एकताका लागि आफू हदैसम्म लचिलो भएको बताए । बुधबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा केही बेर समय दिएर बोलेका अध्यक्ष ओलीले माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका हुन् ।

एमाले अध्यक्ष ओलीले आफू कार्यदलले तयार पारेको १० बुँदे सहमतिप्रति प्रतिबद्ध रहेको, एकताका लागि हदैसम्म लचिलो बन्न तयार रहेको र माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउनसमेत तयार रहेको बैठकमा बताए ।

पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले दोस्रो अध्यक्ष मागेको ओलीले बैठकमा बताए । उनले भने, ‘माधव नेपालले मिल्ने हो भने दोस्रो अध्यक्ष मागे । मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु ।’

तर, आफूले यति भन्दा पनि माधव नेपालले पार्टी एकताप्रति इच्छा नदेखाएको बताएका छन् ।

एमालेको जारी केन्द्रीय कमिटी बैठक बिहीबार दिउँसो पुनः बस्ने गरी टुङ्गिएको छ । बुधबारको बैठकमा २० भन्दा बढी केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्