कञ्चनपुरकाे भीमदत्त नगरपालिकाले झण्डै आठ हजार परिवारलाई लालपुर्जा वितरण गर्ने

कञ्चनपुर – भीमदत्त नगरपालिकाले झण्डै आठ हजार परिवारलाई लालपुर्जा वितरण गर्ने भएको छ । आईतबार भीमदत्त नगरपालिकाले भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिनको लालपुर्जा तिरण गर्नकोलागि भोगचलन गरिरहेको जग्गाको नापजाँच गर्ने कार्यको एक औपचारीक समारोहकाविच उद्धघाटन गरेको हो ।

नगरपालिकाको वडा नं. १६ मा जग्गाा नापजाँच गर्ने कार्यको समुद्धघाटन गर्दै मेयर सुरेन्द्र विष्टले भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासी जमिनको मालिक बन्ने बताए ।

भूमि आयोग मार्फत भीमदत्त नगरपालिकामा यस अघि भूमिहिन, सुकुमबासी एव भूमिहिन दलित परिवारको तथ्याङ्क संकलन गरेको थियो । संकलन गरिएको सबै तथ्याङ्कको निस्सा लगाउने काम सम्पन्न भएपछि नगरपालिकाले अब नगर क्षेत्रको ऐलानी जमिन नाँपजाँच गरेर भूमिहिन दलित, भूमिहिन सुकुमबासी अव्यवस्थित बसोबासीलाई जमिन दिलाउनका लागि काम शुरु भएको हो ।

विगतमा चुनावका बेला जनतासंग गरेका बाचा अनुरुप काम अघि बढाईने बताउदै मेयर विष्टले अब कुनैपनि नागरिक जमिनको मालिक मात्रै बन्ने बताए । नगरका १९ वटै वडाहरुका नागरिक अब लालपुर्जाधारी हुनेछन । मेयर विष्टले आवश्यक प्रकृया सबै अघि बढाएर यथाशिघ्र भूमिहिन नागरिकलाई लालपुर्जाको मालिक बनाउने बताए ।

यसैविच मेयर विष्टले गरिब, विपन्नका लागि निर्माण भएको आवास समेत हस्तान्तरण गरिएको छ । भीमदत्त नगरका प्रवक्ता हिमाल चन्दले नगरका सबै भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउँदै लालपुर्जा दिलाउनका लागि काम शुरु भएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्