प्रधानमन्त्री देउवाले गरे परराष्ट्र नीति सार्वजनिक

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकारको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी आधारभूत खाका सार्वजनिक गरेका छन् ।

प्रतिनिधिीसभाबाट विश्वासको मत लिने क्रममा बोल्दै प्रधानमन्त्री देउवाले छिमेकी मुलुकसँग राम्रो सम्बन्ध पहिलो प्राथमिकता भएको बताएका छन् ।

देउवाले दुवै छिमेकी मुलुक भारत र चीनसँग राम्रो सम्बन्ध राख्नु नै देशको राष्ट्रिय हितमा रहेको बताए । देउवाले भने, ‘नेपालको राष्ट्रिय हितका आधारमा विदेश सम्बन्ध स्थापित हुन्छ । हाम्रो छिमेक पहिलो प्राथमिकता हो ।’

प्रधानमन्त्री देउवाका अनुसार छिमेकपछि नेपालको प्राथमिकतामा रहेका मुलुकहरु अमेरिका, युरोपेली युनियन, जापान र अन्य विकास साझेदार हुन् । ‘नेपालको राष्ट्रिय हित लागि छिमेकसहित सबै मुलुकसँग राम्रो सम्बन्ध राख्नु छ । कुनै स्थायी शत्रु र मित्र छैनन्, खाली स्थायी राष्ट्रिय हित मात्र रहेको छ ।’

प्रधानमन्त्री देउवाले छिमेकी मुलुकहरुको विरुद्धमा जान नसकिने बताए । उनले भने, ‘हामी कुनै पनि हालतमा यि मित्रहरुको खिलाफमा जानै मिल्दैन् ।’ प्रधानमन्त्री देउवाले भारत र चीन दुवैसँग सांस्कृतिक सम्बन्ध रहेको पनि उल्लेख गरे ।

विश्लेषकहरुले नयाँ सरकारको मुख्य चुनौती अमेरिका, चीन र भारतसँग सन्तुलित सम्बन्ध निर्माण गरेर अगाडि जानु रहेका बताउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्