सिन्धुपाल्चोकमा देखिएको रुघाखोकी र ज्वराको नमुना परीक्षण गर्न विरामीलाई काठमाण्डौ ल्याइने

सिन्धुपाल्चोक – जुगल गाउँपालिका–३ सिन्धुपाल्चोकको गुम्बा गाउँका स्थानीयलाई फैलिएको रुघाखोकी र ज्वराको नमुना परीक्षण गर्न विरामीलाई काठमाण्डौ ल्याइने भएको छ ।

नमुना लिन काठमाण्डौबाट गएको डाक्टरसहितको टोली बिहान १० बजेतिर गुम्बा गाउँ पुग्ने स्रोतले जनाएको छ ।

टेकुमा रहेको प्रयोगशालामा नमुना परीक्षण गरेपछि मात्रै रोगबारे थप पुष्टि हुनेछ । रुघाखोकी र ज्वरो देखिएका तीन सय जना बिरामीमध्ये दुई जना बालबालिकाको अवस्था गम्भीर छ । अहिले एक जना डाक्टरसहितको टोलीले प्रभावित क्षेत्रमा बिरामीको उपचार गरिरहेको छ ।

डाक्टरकै सल्लाहमा ती दुई बालबालिकालाई गाउँमै राखेर उपचार थालिएको जुगल गाउँपालिका अध्यक्ष हो्मनारायण श्रेष्ठले बताउनुभयो । यस्तै रुघाखोकी र ज्वरो प्रभावित क्षेत्रमा थप औषधि र सात सय वटा मास्क पठाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्