सुदूरपश्चिम प्रदेशसभाको प्रविधिमा फड्को, ८ वटा जिल्लामा भिडियो कन्फरेन्स सुरु

कैलाली – सुदूरपश्चिम प्रदेशसभाले भिडियो कन्फरेन्स सेवा सुरु गरेको छ ।

कैलाली र कञ्चनपुर बाहेकका सात वटा जिल्ला समन्वय समितिका पदाधिकारी र टीकापुर नगरपालिकाका पदाधिकारीसँग भिडियो कुराकानी गर्दै बुधबार सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले भिडियो कन्फरेन्स सेवाको उद्घाटन गर्नुभएको हो ।

अब प्रदेशका ८ वटै जिल्लाबाट प्रदेशसभामा भिडियोमार्फत कुराकानी गर्न सकिने भएको छ ।

कैलालीबाहेक आठ वटा जिल्ला समन्वय समितिको कार्यालयमा भिडियो कन्फरेन्स हल तयार गरिएको छ । कैलालीमा भने उक्त प्रविधि टीकापुर नगरपालिकामा जडान गरिएको छ ।

कैलालीको जिल्ला समन्वय समिति र प्रदेशसभा सचिवालय एउटै परिसरभित्र रहेका कारण कैलालीको टीकापुरमा यो प्रविधि जडान गरिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

भिडियो कन्फरेन्स हलमा क्यामेरासहितको एलईडी मनिटर, अडियो सिस्टम र २० एमबीपीएसको इन्टरनेट जडान गरिएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) को आर्थिक सहयोगमा तयार गरिएको यस प्रविधिले विधेयकमा सबैको धारण बुझ्न सहज हुने सभामुख थापाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्