फागुन १ गतेलाई शहिद स्मृति दिवसका रुपमा मनाउने नेकपाको तयारी, ओली र प्रचण्डले सम्बोधन गर्ने

Thousands of protestors especially from Newar community take part in a protest against the Guthi Bill at Maitighar Mandala in the capital on Wednesday. June 19 2019. PHOTO/SANJOG MANANDHAR

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनयुद्ध दिवसका अवसरमा फागुन १ गतेलाई शहिद स्मृति दिवसका रुपमा मनाउने भएको छ ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको सहमति अनुसार नेकपाले फागुन १ लाई शहिद स्मृति दिवसका रुपमा मनाउने भएको हो ।

फागुन १ गते पार्टी केन्द्रीय कार्यालयमा बिहान नौ बजे विशेष कार्यक्रम राखिएको छ । जुन कार्यक्रमलाई ओली र प्रचण्ड दुवैले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपाका नेताहरुले बताएका छन् ।
नेकपाले तल्लो तहका कमिटीलाई पनि जनयुद्ध दिवसलाई सहिद स्मृति दिवसका रुपमा मनाउन आन्तरिक सर्कुलर जारी गरेको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयबीचको सहमतिका आधारमा फागुन १ लाई सहिद स्मृति दिवसको रुपमा मनाउने निर्णय अनुसार पार्टी पंक्तिमा सर्कुलर जारी गरिएको जानकारी दिए ।

यसअघि तत्कालीन माओवादीले फागुन १ लाई जनयुद्ध दिवसका रुपमा मनाउदै आएको थियो । २०५२ फागुन १ गते तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेको थियो । तर २०७५ मा पार्टी एकता भएपनि जनयुद्धलाई हेर्ने दृष्टिकोणमा एकरुपता थिएन । ओली प्रचण्ड पछिल्लो सहमतिपछि भने जनयुद्ध र जनआन्दोलनका सहिदलाई स्मरण गर्नेगरी सहिद स्मृति दिवसका रुपमा मनाउन निष्कर्षमा पुगेका हुन् ।

यसअघि पूर्वमाओवादी समुहले फागुन १ लाई जनयुद्ध दिवसकै रुपमा मनाउनुपर्ने र पूर्वएमाले समुहले जनयुद्धलाई भन्दा जनआन्दोलनलाई बढी प्राथमिकता दिँदै आएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्