नेपाललाई अमेरिकाको १५ लाख डोज खोप

काठमाडौं– अमेरिकाले नेपाल सरकारलाई १५ लाख डोज कोभिड– १९ विरुद्धको खोप अनुदान सहयोग दिएको छ ।

अमेरिकाले अनुदान सहयोग दिएको १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एन्ड जोन्सन खोप सोमबार नेपाल आइपुगेको हो । नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठलाई अमेरिकी सरकारले कोभ्याक्स सुविधा अन्तर्गत नेपाल सरकारलाई दिइएको जोन्सन एन्ड जोन्सन खोप हस्तान्तरण गर्नुभयो ।

सोमबार नै प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अनुदान उपलब्ध गराएकोमा अमेरिकी सरकारलाई धन्यवाद दिनुभयो । स्वास्थ्य मन्त्री श्रेष्ठले अमेरिका सरकारले नेपाललाई दिएको खोप नेपाली जनताको जीवन रक्षाका लागि बरदानस्वरुप हुने बताउनुभयो ।

प्राप्त भएको खोप प्राथमिकताको आधारमा जोखिम समुहलाई दिनेगरी छिट्टै खोप अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्