पाल्पामा पहिरोले पाँच घर पुरिए, एक जनाको मृत्यु, एक बेपत्ता

File Photo

पाल्पा – पाल्पामा पहिरोले पाँच घर पुरिएका छन् । तिनाउँ गाउँपालिका–५ केराबारी नजिकै गएको पहिरोले पाँच घर पुरिएका हुन् । घर पुरिँदा एक जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् ।

कल्याणी आधारभूत विद्यालय नजिकै रहेको गिट्टीखानी नजिक पहिरो जाँदा वीरबहादुर गुरुङको घटनास्थलमै ज्यान गएको हो ।

पहिरोले ८ वर्षीय बालक आरब परियार बेपत्ता भएका छन् । बिहान साढे ३ बजे आएको पहिरोले हरि दर्लामी, सुजा परियार, नरबहादुर राना, वीरबहादुर गुरुङ र बलबहादुर पुनको घर पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्