पूर्वी नवलपरासीमा ट्याक्टर दुर्घटना हुदा चारको ज्यान गयाे

पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिकामा हिजो राती भएको ट्याक्टर दुर्घटना हुदा चारको ज्यान गएको छ । बुलिगंटार प्रहरी चौकीका अनुसार बुलिगंटार गाउँपालिका वडा नं ३ मा डाडाँझेरीको छरछरे बाट बुलिगंटारतर्फ फर्कदैं गरेको लु ४ त २५५६ नंम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार चार जनाको घटनास्थलमै ज्यान गएको छ भने १५ जना घाइृते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा बुलिगंटार गाउँपालिका वडा नं ३ बतासा गाउँका बासिन्दा हुन् । मृत्यु हुनेमा बर्ष ५० का यमसिहं सारु मगर,बर्ष ३२ का नरबहादुर सुस्लिगं मगर, बर्ष २५ का नेपाल प्रहरीका जवान लिलबहादुर सारु मगर, र बर्ष ४५ का पुर्णप्रसाद माकिम मगर रहेको प्रहरीले जनाएको छ । सो दुर्घटना साँझ ८ बजे तिर भएतापनि बिकट गाउँको भित्री कच्ची सडकमा भएकाले राती अबेर मात्र प्रहरी र स्थानीयले थाहा पाएर उद्दार गरेका थिए । दुर्घटनामा घाइते भएकाहरु मध्ये दुइृको अबस्था गम्भीर रहेको र घाइतेलाई भरतपुर अस्पताल ल्याएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्