निजी सवारीले मनपरी भाडा लिदै यात्रु ओसारपोसार गर्दै, ट्राफिक मौन, दुर्घटनाको जिम्मेवार को ?

प्रदेश नं. १ का अधिकांश स्थानमा रातो नम्बर प्लेट भएका सवारी साधनले यात्रुहरुलाई ओसारपोसार गरिएको पाइएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ विपरित सवारी धनी तथा चालकहरुले मनपरी रुपमा क्षमताभन्दा बढी यात्रु राखी निजी सवारी साधनले नियमविपरीत यात्रु ओसार पोसार गरिएको पाइएको हो । खासगरी प्रदेश नं. १ का सोलुखुम्बु र ओखलढुंगाका भित्रि सडकहरुमा रातो नम्बर प्लेट भएका निजी सवारी साधनले यस्तो कार्य गरिएको पाइएको छ । कच्ची तथा पहाडी क्षेत्रको जोखिम बाटोमा ट्राफिक प्रहरीको लापरवाही तथा चालकहरुको मनपरीका कारण यात्रुहरुले सास्ती पाउने गरेका छन । त्यसमा पनि चर्काे भाडाले यात्रुहरुलाई झनै सास्ती खेप्नुपरेको छ । उपहार खबर डट कमका सहकर्मीले सवारी चालकलाई सोध्दा “ट्राफिकले देखेपनि चिया खर्च दिदा छुट दिने गरेको छ, बाटो कच्ची छ भाडा त लिनुपरिहाल्यो नि !”
ऐन अनुसार कालो नम्बर प्लेट भएको सार्वजनिक सवारी साधनले मात्र यात्रु बोक्न पाउँछ । रातो नम्बर प्लेट भएको निजी सवारी साधनमा भाडा लिएर यात्रु ओसारपसार गर्न पाइँदैन । रातो नम्बर प्लेटको सवारी साधनमा रहेका यात्रुले दुर्घटना भएमा उपचार खर्चसमेत पाउँदैनन् । तर सोलुखुम्बु जिल्ला सदरमुकाम सल्लेरी र ओखलढुंगा जिल्ला सदरमुकाम ओखलढुंगाबाट विभिन्न गाउँ जाने साना सवारी साधनहरू अधिकांश निजी नम्बर प्लेटका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्