२७ औँ प्रहरी प्रमुखमा ठाकुर ज्ञवाली

This undated image shows the building of Nepal Police Headquarters in Naxal, Kathmandu.

काठमाडौं – सरकारले ठाकुर ज्ञवालीलाई नेपाल प्रहरी संगठनको २७ औँ प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ ।

मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो ।

हाल प्रहरी नायब महानिरीक्षकका रुपमा उहाँ प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत् हुनुहुन्थ्यो ।

हालका आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उहाँका ब्याचका डीआईजीहरुले सेवाहदका कारण अवकाश पाउँदैछन् । यही ब्याचको वैकल्पिक टोलीमा डीआईजी हुन्, ज्ञवाली । उनीसँगै तारिणीप्रसाद लम्साल पनि प्रहरीको नेतृत्व गर्ने दौडमा थिए ।

३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवालीले ५ महिनाका लागि प्रहरी संगठन हाक्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्