समूह विजेताका रुपमा नेदरल्यान्डस् अन्तिम १६ मा

अस्ट्रियालाई २–० ले हराउँदै नेदरल्यान्डस् युरोकप फुटबलको अन्तिम १६ मा पुगेको छ । अन्तिम खेल खेल्न बाँकी छँदै समूह सीबाट विजेताका रुपमा नेदरल्यान्डस्ले दोस्रो चरणमा स्थान बनाएको हो । नेदरल्यान्डस्लाई खेलको ११ औं मिनेटमै मेम्फिस डेपेले पेनाल्टीमार्फत अग्रता दिलाए । तर त्यसपछि उनले पहिलो हाफमा एकपछि अर्का उत्कृष्ट अवसर गुमाए । खेलको ६७ औं मिनेटमा डेन्चेजल डुमफ्राईजले नेदरल्यान्डस्को अग्रता दोब्ब पारे ।

यही समूहको अर्को खेलमा युक्रेनले उत्तरी मेसिडोनियालाई २–१ ले हराउँदै समूहमा दोस्रो हुने संभावना कायम राखेको छ । युक्रेनका लागि २९ मिनेटमा कप्तान आन्द्रे यार्मोलेन्को र ३४ मिनेटमा रोम यारेमचुकले एक–एक गोल गरे । इज्जान अलीओस्कीले अस्ट्रियाबाट ५७ मिनेटमा एकमात्रै गोल फर्काए । अब, अस्ट्रिया र युक्रेनबीचको खेलले समूहमा दोस्रो हुने टोलीको निर्धारण गर्नेछ । त्यस्तै, समूहचरणको आफ्नो अन्तिम खेलमा नेदरल्यान्डस्ले उत्तरी मेसिडोनियाको सामना गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्