CORONA

सामाजिक सञ्जाललाई व्यवस्थित गर्न छलफल

काठमाडौँ – सञ्चार क्षेत्रका विज्ञले सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्ने सुझाव दिएका छन् । प्रेस काउन्सिल नेपालले आज आयोजना गरेको ‘अनलाइन टिभी, (युट्युबलगायत सामाजिक सञ्जाल) र अनलाइन मिडियालाई कसरी व्यवस्थित गर्ने’ विषयक अन्तरक्रियामा सञ्चार विज्ञ तथा सरोकारवालाले नियमन र निर्देशनसँगै मिडियालाई जिम्मेवार बनाउनुपर्ने सुझाव दिएका हुन् ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले ती मिडियाबाट आउने अडियो-भिडियो सामग्रीमा पत्रकारिता भए-नभएकोबारे बहस गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सत्यतथ्य सूचना र समाचारको सम्प्रेषणबाट समाजमा सकारात्मक सञ्चार गराउन इन्टरनेटबाट दिइने सामग्रीलाई कसरी व्यवस्थित गराउने भन्ने सम्बन्धमा काउन्सिलले छलफल शुरु गरेको जानकारी दिनुभयो ।

पत्रकार भुवन केसीले सञ्चारकर्मी र पत्रकार फरक भएको भन्दै सोसियल मिडिया र पत्रकारिता बेग्लै भएकाले सबै युट्युबरले पत्रकार नै बन्न खोजेको हो होइन बुझ्नुपर्ने बताउनुभयो । अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारीले सोसियल मिडियालाई जिम्मेवारीबोध गराउनुपर्ने बताउनुभयो ।
अनलाइन पत्रकार सङ्घका अध्यक्ष शिव सत्यालले इन्टरनेटको प्रयोगबाट विभिन्न एप्स र सञ्जालमा आउने अडियो-भिडियो पत्रकारिताभित्र नपर्ने उल्लेख गर्नुभयो ।

रासस​

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्