दाङमा असार ८ सम्म थपियो निषेधाज्ञा

दाङ – दाङमा निषेधाज्ञा एक हप्ता थपिएको छ । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकले यस्तो निणर्य गरेको हो ।

जिल्लामा कोरोना सङक्रमणमा कमी आएपछि यसअघि गरिएका केही निणर्यलाई परिमार्जनगर्दै निषेधाज्ञालाई असार ८ गतेसम्म लम्ब्याउने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार त्यसपछि भने यहाँका होटल पनि सञ्चालन हुने भएका छन् । ती होटेलले सुरक्षा मापदण्ड पालना गरी खानेकुरा तयार गरेर प्याकिङ गरेर दिउँसो ३ बजेसम्म बेच्न पाउने भएका छन् ।

त्यस्तै सरकारी कार्यालय पनि दैनिक खुल्ने भएका छन् । जिल्लास्थित सरकारी कार्यालयहरु विहान १० बजेदेखि दिउँसो १ बजेसम्म खोल्ने निणर्य भएको छ । त्यसैगरी यहाँको स्थानीय बजार विहान ६ बजेदेखि १० बजेसम्म खुल्ने, बैंक तथा वित्तीय संस्थाहरु विहान १० बजेदेखि दिउसो २ बजेसम्म खुल्ने निणर्यलाई यथावत् राखिएको छ । यसअघि असार १ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।

रासस​

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्