कार्यसम्पादन मूल्याङ्कनमा शुक्लाफाँटा नगरपालिका उत्कृष्ट

कञ्चनपुर – कार्यसम्पादन मूल्याङ्कनमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका जिल्लामै उत्कृष्ट भएको छ । कार्यसम्पादन मूल्याङ्कनमा बढी अङ्क प्राप्त गरी नगरपालिकाले रु ५५ लाख अनुदान प्राप्त गरेको छ ।

कार्यसम्पादन मूल्याङ्कनका लागि तोकिएका सात सूचकका आधार पूरा गरेकाले नगरपालिकाले जिल्लामै सबै स्थानीय तहभन्दा बढी अनुदान रकम प्राप्त गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसनसिंह थापाले बताउनुभयो । “कार्यसम्पादन मूल्याङ्कनका लागि निर्धारित सूचकअनुसार काय गर्दा सन्तोषजनक नतिजा पाएका छौँ” उहाँले भन्नुभयो, “आउँदो आवका लागि समेत नतिजामुखी परिणाम ल्याउँछौं । कर्मचारीको लगनशीलता र मिहिनेतले सबैभन्दा बढी अनुदान पाउन सफल भएका छाँैं ।”

नगरपालिकाले समानीकरण अनुदानअन्र्तगत न्यूनतम, सूत्रमा आधारित, कार्यसम्पादनमा आधारित गरी जम्मा रु ६९ लाख ४२ रकम प्राप्त गरेको छ । कार्यसम्पादन मूल्याङ्कनको नतिजाअनुसार सबैभन्दा बढी शुक्लाफाँटा नगरपालिकाले रु ५५ लाख, लालझाडी गाउँपालिकाले रु ५४ लाख, दोधरा चाँदनी र भीमदत्त नगरपालिकाले समान रु ४९/४९ लाख, बेदकोट र पुर्नवास नगरपालिकाले रु ४८/४८ लाख, कृष्णपुर नगरपालिका, बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकाले समान रु ३५ लाखका दरले अनुदान रकम पाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत थापाका अनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ को उपदफा (२) को व्यवस्थाबमोजिम स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय अनुदान सिफारिस गर्दा कार्यसम्पादनको स्तरलाई आधार लिइने गरिन्छ । कार्यसम्पादन स्तर मापनका लागि स्थानीय तहले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन २०७४, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम गर्नु पर्ने न्यूनतम् प्रकृयागत कार्यसम्पादन गरे नगरेको, कानून तर्जुमा गरे नगरेको, उद्देश्यबमोजिम खर्च गरे नगरेकोलगायतका विभिन्न सात सूचकका आधारमा स्थानीय तहको कार्यसम्पादन मापन गरिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्