अथर्स सोसाइटीले अनलाइनमार्फत कंचनपुर जिल्लास्तरीय खुल्ला कविता प्रतियोगिता संचालन गर्दै

दोधारा – विगत केहि समयदेखि बौद्धिक तथा शैक्षिक एवं सिर्जनात्मक विकासको क्षेत्रमा विभिन्न प्रतियोगिता संचालन गर्दै आइरहेको अथर्स सोसाइटी (authors’ society) ले जिल्लास्तरीय खुल्ला कविता प्रतियोगिता आयोजना गर्ने भ​एको छ । दोधारा चाँदनी नगरपालिकास्थित अथर्स सोसाइटीले कंचनपुर जिल्लास्तरीय कविता प्रतियोगिता गर्न गइरहेको हो । अथर्स सोसाइटीले कविता उल्लेखित नियमको पालना गर्दै कविता प्रतियोगितामा सहभागी हुन कंचनपुरवासीहरुलाइ अपिल गरेको छ ।

कविता प्रतियोगिता समबन्धि नियमहरू

१) कविता स्वयंद्वारा रचित तथा अप्रकाशित हुनु पर्ने छ ।

२) कविताको भाषा नेपाली हुनु पर्नेछ । कविताको विषयवस्तु राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता तथा सामाजिक सद्भावमा खलल नपुग्ने किसिमकाे हुनुपर्ने छ ।

३)कविता छन्दबद्ध (पद्यात्मक) वा मुक्तछन्द (गद्य कविता) दुवै समावेश गर्न सकिने छ तर एउटा प्रतियोगीको १ मात्रै रचना समावेश गरिनेछ।

४) प्रतियाेगि छन्दाेबद्ध वा मुक्त छन्दमा सिर्जित कविताको आकार कम्तिमा ३ श्लोक वा १२ लाइन देखि बढीमा ६ श्लोक वा २४ लाइनको हुनुपर्ने छ। कविता शीर्षकसहितको हुनुपर्ने छ।

५) लकडाउनले गर्दा प्रत्यक्ष सहभागी हुन नसक्ने अवस्था भयेकोले कविता प्रतियोगिता पुर्ण रुपमा भर्चुअल (online) रहनेछ।

६) प्रतियोगिता जिल्लास्तरीय खुल्ला भएकोले इच्छुक जुनसुकै कञ्चनपुरबासीले मात्र सहभागिता जनाउनु पर्नेछ। अस्थायी रुपमा कञ्चनपुर जिल्लामा बसोबास गर्ने व्यक्तिले सहभागिता जनाउन पाउने छैनन । सहभागीले कार्यस्थलको परिचय पत्र, बडाको प्रमाणित पत्र ,नागरिकता, बिद्यालयको सिफारिस, ठेगाना खुल्ने अन्य कुनै कागजपत्र पनि आफ्नो रचना संगै पेस गर्नुपर्ने छ । ( सहभागिताको लागि कुनै पनि शुल्क लाग्ने छैन)

७) प्रतियोगिता दुइटा चरणमा समापन गरिने छ, प्रथम चरणमा उत्कृष्ट १० जना प्रतियोगीहरु छनोट को रहने छ भने दोश्रो चरणमा उत्कृष्ट १० मध्य मूल्याङ्कन समितिको (निर्णायक मंडल ) निर्णयका आधारमा उत्कृष्ट ( प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने) रचनाकार पुरस्कृत हुनेछन्।

८) प्रथम चरणमा सहभागीहरुले यही जेठ १९ गते विहान १० बजे देखि जेठ ३० गते साझ ५ बजे भित्र आफूलाई मनपर्ने जुनसुकै शीर्षकमा पनि कविता रचना गरी वाचन भिडिओ सहित अथर्स सोसाइटी (authors’ society) को फेसबुक​ पेजको इनबक्स​ मा पठाएर सहभागिता जनाउन सक्नेछन्, यसै कविता को आधारमा उत्कृष्ट १० प्रतियोगी छनौट गरिनेछन् । भिडियोमा कुनैपनी सम्पादन (editing) गर्न पाइने छैन ।

९) कविता सँगसँगै रचनाकारको हस्ताक्षर, नाम ठेगाना, सम्पर्क नम्बर र फोटो पनि पठाउनुपर्नेछ।

१०) कविताको दोस्रो र अन्तिम चरणमा छनौट गरिएका प्रतियोगीहरुले फेसबुक पेज अथर्स सोसाइटी (authors’ society) बाटै एउटा निश्चित शीर्षक पाउनेछन । उक्त शीर्षकमामा स्वयमले नै कविता रचना गर्नुपर्ने छ। साथै कविता लेखन, वाचन र पोस्ट को लागि थप केही समय तोकिने छ।

११) पहिलो चरणको छनौट प्रकियापश्चात मात्र अन्तिम चरणको लागि रचना गर्नुपर्ने कविताको शीर्षक अवगत गराइने छ ।

१२) समय-सिमा भित्र प्राप्त नभ​एका, कहि-कतै प्रकाशित भएका, अरूको कविता वा कवितांशसंग मेल खाने, रचनाकारको विवरण स्पष्ट नभएका रचना प्रतियोगितामा समाबेश गरिने छैनन् । यस्तो गरिएको भेटिएमा उक्त कवितालाई रद्द गरिने छ साथै प्रतियोगीलाई बहिष्कार गरिनेछ।

१३) मूल्यांकन कार्य अथर्स सोसाइटी (authors’ society) ले चयन गरेको निर्णायक मण्डलले गर्नेछ भने निर्णयको केही हद (१०%) जती प्रतियोगीको भिडियोमा आएको भोटिङ ( like , comment and share) मा आधारित रहनेछ।

१४) कविता मूल्यांकनका आधार मूल्यांकन समितिले निर्धारण गरे अनुसार हुनेछन।

पुरस्कार 

– प्रथम पुरस्कार, प्रमाणपत्र सहित नगद रु. ५,०००।-
– द्वितीय पुरस्कार, प्रमाणपत्र सहित नगद रु. ३,०००।-
– तृतीय पुरस्कार, प्रमाणपत्र सहित नगद रु. २०००।-
र सान्तवना पुरस्कार प्रमाणपत्र मात्र रहनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्