पूर्व प्राध्यापक भट्टको पहलमा अमेरीकामा करिब अढाइ लाख संकलन, दार्चुलाका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गर्ने

काठमाडौं – विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसले सिंगो मूलक नै आक्रान्त भईरहेको बेला सुदूरपश्चिम प्रदेश अन्तर्गत दार्चुला जिल्ला  पनि अछुतो रहन सकेको छैन । यस विषम परिस्थितिमा स्वास्थ्य सामग्रीहरुको अभाव सृजना हुन स्वभाविक पनि हो । दिनहुँ विरामी थपिदैँ जानु, अस्पतालको आर्थिक अवस्थाले नधान्नु तथा संघीय, प्रदेश र स्थानीय तहबाट पाउनु पर्ने सहयोग तत्काल उपलब्ध हुन नसक्नु यी कारणहरुले समस्या सृजना हुदैँ आइरहेको पनि छ ।

यसै कुरालाई मध्यनजर गर्दै अमेरीकाको टेक्ससमा बस्दै आउनुभएका सुदूरपश्चिमको दार्चुला जिल्ला शैल्यशिखर नगरपालिकाको लुइटा घर तथा गोकुलेश्वर बहुमुखी क्याम्पसका पूर्व प्राध्यापक जीवानन्द भट्टले ३०० अमेरीकी डलर सहयोग गरी उक्त अभियानको सुरुवात गर्नुभएको थियो । उहाँको नेतृत्वमा कुल दुई हजार १ सय ७९ अमेरीकी डलर संकलन भएको हो । अस्पतालको दर्दनाक अवस्था, विरामीले भोग्नुपरेको पीडा लगायत भौतिक, आर्थिक अभावका वाबजुत पनि अंग्रपंक्तिमा जोखिम मोलेर खटिरहने स्वास्थ्यकर्मीको अवस्थालाई मध्यनजर गर्दै यो अभियान सुरु गर्नुभएको हो ।

समाजसेवी परोपकारी मनभएका पूर्व प्राध्यापक भट्टले अघि सार्नुभएको यो अभियानमा उहाँ लगायत अन्य १३ गरी १४ जनाले आर्थिक सहयोग गरी अमेरीकी डलर २ हजार १ सय ७९ तथा नेपाली रुपैयाँ २ लाख ४९ हजार ४९ तथा कोरियाबाट ५ हजार गरि कुल २ लाख ५४ हजार ४९ रूपैयाँ संकलन भएको छ ।
सुदूरपश्चिमको विभिन्न क्षेत्रमा जन्मथलो भएका र हाल अमेरीकामा बस्दै आउनुभएका १४ जना व्यक्तित्वहरुले दार्चुलामा रहेको गोकुलेश्वर अस्पताल, देथला स्वास्थ्य चौकी, रिठाचौपाता स्वास्थ्य चौकी र केहि मात्रामा आवश्यकता अनुसार दार्चुला अस्पताललाई स्वाथ्य सामग्री सहयोग गर्ने जनाएको छ ।
जसमा शैल्यशिखर नगरपालिकाको लुइटा घर भई हाल अमेरीका रहनुभएका लोकेन्द्र चन्दले ५०० डलर सहयोग गर्नुभएको छ भने दार्चुला लेकम गाउँपालिका, रिठाचौपाता घर भई हाल अमेरीकोको टेक्ससमा बस्दै आउनुभएका महेश विष्टले पनि २११ डलर सहयोग गर्नुभएको छ ।
यसैगरी बैतडीको डिलासैनी गाउँपालिकाको कोइराली घर भई हाल अमेरीका बस्दै आउनुभएका हेम भट्टले २०० अमेरीकी डलर, शैल्यशिखर नगरपालिका, नायल घर भई हाल अमेरीकाको टेक्ससमा बस्दै आउनुभएका अम्बादत्त विष्टले पनि २०० डलर तथा दार्चुलाको शैल्यशिखर नगरपालिका घर भई अमेरीकामा रहेनुभएको हरिशचन्द्र हमालले शहिद रामचन्द्र हमाल प्रतिष्ठान, दार्चुला मार्फत अमेरीकी डलर १११ सहयोग गर्नुभएको छ ।

यस्तै टीकापुर कैलाली घर भई अमेरीका बस्दै आउनुभएका शमशेर साँउदले ११० डलर, बेल्डाँडी, कञ्चनपुर घर भई हाल टेक्ससमा बस्दै आउनुभएका लक्ष्मण जोशीले १०१ डलर, अमेरीका बस्दै आउनुभएका गड्डाचौकी, कञ्चनपुरका अनिल प्रसाद विष्टले १०१ डलर र शैल्यशिखर नगरपालिका, बोहरीगाउँ घर भई टेक्ससमै बस्दै आउनुभएका पल्लभ जोशीले १०० डलर सहयोग गर्नुभएको छ ।

यस्तै शैल्यशिखर नगरपालिका, लुइटा दार्चुला/डोटी घर भई हाल टेक्सस बस्दै आउनुभएका रेखा चन्द शाहले १०० डलर, अमेरीकाबाट हशनपुर, कैलालीका रोशन भट्टले १०० डलर,  तथा मालिकार्जुन गाउँपालिका घर भई अमेरीका बस्दै आउनुभएका खीम धामीले ३५ डलर तथा बैतडी घर भई टेक्सस बस्दै आउनुभएका गुन्जन भण्डारीले १० डलर उक्त अभियानमा सहयोग गर्नुभएको छ । उक्त संकलित रकम अभियान्ता तथा नेतृत्वकर्ता भट्टले सञ्चारकर्मी मिश्रलाई प्राप्त हुने गरि नेपाल पठाउनुभएको छ । यस्तै दार्चुला लेकम गाउँपालिका-१ सर्मोली घर भई हाल कोरिया बस्दै आउनुभएका प्रेम  विष्टले नेपाली रूपैैैया ५ हजार सहयोग गर्नुभएको छ ।

न्यूनतम मूल्यमा बजार दरमा स्वास्थ्य सामग्री खरिद गर्न/गराउन र अस्पताललाई हस्तान्तरण गर्ने जिम्मा उपहार मिडिया तथा उपहार खबर अनलाईन पत्रिकाका प्रबन्ध निर्देशक सञ्चारकर्मी रामदत्त मिश्रले गर्नुुभएको छ भने स्थानीय तह सहजीकरण सञ्चारकर्मी जिज्ञाशु खत्रीले गरेका छन् । अन्य सहजिकरण ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–८ तथा दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका–३ घर भएका अघिबक्ता किरण भट्टले गर्नुभएको छ ।
उक्त रकम बराबरको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा रहेकोले केहि दिनमै उक्त स्वास्थ्य संस्थाहरुलाई हस्तान्तरण गरिने छ । हस्तान्तरण सञ्चारकर्मी द्वय मिश्र र खत्रीले गर्नेछन् ।

स्वास्थ्य सामग्रीमा प्रति मिनेट ७ लिटर अक्सिजन उत्पादन गर्ने अक्सिजन कन्सन्ट्रेटरल १ वटा, स्टेचर संख्या ५, अक्सिजन फ्लो मिटर ५, सर्जिकल ग्लोबस १००, सर्जिकल मास्क ४ हजार, न्यूट्रेसन फुड १५ केजी, पुनः प्रयोग गर्न मिल्ने पीपीइ सेट ३५, फेस सिल्ड ६० तथा केएन ९५ मास्क ३०० वटा रहने छ । यस्तै बीपी सेट ५, डस्टवीनमा प्रयोग हुने प्लाष्टि ५ केजी, पल्स अक्सिमिटर ५, थर्ममिटर ३, स्टानीटाइजर २५ लिटर, डिस्पोजेबल ग्लोबस् ६००,  पानी २०० बोतल र टेबल फ्यान २ पीस रहनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्