पछिल्लो २४ घण्टामा छ हजार ६७७ कोरोना संक्रमित थपिए, छ हजार ७१६ कोरोनामुक्त, १४५ को मृत्यु

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७१४ नयाँ संक्रमित थपिँदा ६ हजार ७१६ संक्रमणमुक्त भएका छन् । देशभरका प्रयोगशालामा १९ हजार ३० नमुनाको पीसीआर टेष्ट गर्दा ६ हजार ६७७ जना र ३२२ एन्टिजेन टेष्टमा ३७ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १४९३ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंमा ११३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालमा हाल एक लाख १७ हजार ७७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । मन्त्रालयका सहायक प्रवक्ता डा. समीर कुमार अधिकारीले चौबीस घण्टामा १४५ जना सङ्क्रमितले ज्यान गुमाएको बताउनुभयो ।

लगातार कोरोना संक्रमण बढिरहेका बेला बुधबार नयाँ संक्रमितभन्दा धेरै संक्रमणमुक्त भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्