वेदकोटमा लसुनले ल्यायो किसानमा समृद्धि

अमिर तिरुवा

बिश्वब्यापी रुपमा कोरोना भाईरसले सक्रान्त पार्द गईरहेको अवस्थामा गतबर्ष लडीबुडी गरी भारतको हरिद्धारमा पढाई संग काम गर्न गएका वेदकोट नगरपालिका वडा न. ८ गाउजी बैजनाथ टोलका देवराज भट्ट १४ बर्ष भारतमै बसेका रोगले गर्दा नेपाल फर्के । १४ दिनको क्वारेन्टाइनमा बसेपछि जब उहाँको रिपोर्ट नेगेटिभ आयो तब उहाँ आफ्नो घरतिर लागे । उहाँ भारतको हरिद्धारमा रोजगारी गुमाई नेपाल आएपछि परिवर्तित समय तथा मौसमका कारण घरमै बसिरहेका थिए । घरमा बेरोजगार भएपछि उहाँलाइ घरधन्दा चलाउन समेत गाह्रो भ​एको थियो ।  घरमै बस्दै गर्दा वडा कार्यालयबाट लसुनका लागी सहयोग गर्ने भनेपछि उहाँले वडामा गई निवेदन पेश गरे र उहाँको नाम छनौट भएपछि लसुन खेती सुरु गरे ।

उहाँले ३ कठ्ठामा लगाउनका लागी तालिम सहित बिउ तथा अन्य औजार,मल लगायत पाएपछि लसुन खेती गरेका थिए । उहाँले बैशाखमा लसुन निकाल्ने काम गरे, उनको कम्तिमा ७ सय किलोग्राम लसुन फलेको रहेछ । उहाँले १५० प्रतिकिलोका दरले लसुन बजारमा बेचिरहेका छन दर ‘बढने क्रम जारी नै छ’ भन्छन । उहाँ एक लाख ५ हजार भन्दा बढी रुपया कमाउनमा सफल भएका छन । उहाँले जेष्ठ भित्र सबै बेच्ने तयारी समेत गरेका छन । उनले आफ्नी आमाको किडनीको समस्या रहेकोले औषधी उपचारमा उक्त पैसा खर्च गरिरहेका छन भने केही लसुन लाई ग्रेडिङ्क गरी बिउका लागी राखी अघिल्लो बर्ष ६ कटटामा लगाउने योजना रहेको छ । उनको प्रतिक्रिया थियो, “गहु लगाएको भए ५ हजार हुनेथिएन यसले मलाई ठुलो राहत भएको छ “।

वेदकोट नगरपालिका वडा न. ७ को मन्दिरपुरमा बस्ने प्रकाश डगौरा दुई बर्ष अगाडी कतारमा श्रमिक भिसामा गएका थिए । कोभिडको महामारीसंगै उनीपनि आफनो रोजगारी गुमाई चैत महिनामा घरमा पुगेका थिए । उनी बेरोजगारी भई घरमै बसेपछि स्वीट नेपाल र युएनडिपीले कोभिड बाट रोजगारी गुमाई आएका ब्यक्तिहरुका लागी रोजगारी सिर्जना गर्ने भन्ने सुनेपछि उनले वडामा निवेदन दिएपछि छनौट भएका थिए । उनले ५ कठ्ठामा लुसन लगाए र अहिले बैशाखमा १० क्विन्टल उत्पादन गरेका छन । उनले अव १० कठ्ठामा लगाउनका लागी १ क्विन्टल बिउ राखेका छन भने अरु १५० रुपयाका दरले ब्रिकि गरेका छन । उनले यसबाटै डेढ लाख आम्दानी समेत गरेका छन । उहाँले आफनो र भाईका लगाएर ४ जना छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउदै छन । “एक बर्षसम्म तिर्न नसकेको शुल्क अहिले तिरेको छु” उनले भने ।

यस्तै भारतको बैंगलोरमा चौकीदारीमा काम गर्दे आईरहेका वेदकोट नगरपालिका वडा न. ७ का कलसादेवि पार्कीका श्रीमान पनि कोरोना महामारीबाट आक्रान्त​ भई लकडाउनको समयमा नेपालमा आएका थिए । घरमा एक सानो झुप्रो र तीन कठ्ठा मात्रै जमिन भएकोले भारतमै रहेको रोजगारीमा भर थियो, उनको । रोजगारी गुमेपछि उनले स्वीट नेपालका कर्मचारीहरुबाट लसुन खेतीमा अनुदानको सुचना पाए र वडामा निवेदन हालेपछि छनौट भए । उनले भएको ढाई कठ्ठामा लसुन लगाए सो जमिनमा साढे चार क्विन्टल लसुन फलाएका छन । बेरोजगारले खानका लागि समेत समस्या हुने गरेको थियो, अहिले उनले एक सय पचास किलो लसुन बेचेर ५ क्विन्टल गहु खरिद गरेका छन जसले उनको घरको ५ जना परिवारका लागि बर्षभरी खान पुग्छ । उनले लसुनले ३ छोराछोरीका लागि शुल्क तिर्ने र कपडा किनेका छन उनले खुसी हुदै भने, “अब ५ कठ्ठा ठेक्कामा भएपनि लिन्छु अनि लसुनको बिउ राखेको छु, लसुन लगाउछु ।”

वेदकोट नगरपालिका वडा न. ७ मा बस्ने उमेश धामी पनि २ बर्ष ४ महिना मलेसियामा हार्डवयर कम्पनिमा काम गर्दे गर्दा लकडाउन भएपछि नेपाल छिरेका हुन । समान्य अवस्था फर्किन्छु भनी नेपाल फर्केका उनी लक​डाउन र कोरोना मत्थर नभएपछि नेपालमै बस्ने निधो गरे । बेरोजगार भएर बस्दै गरेको अवस्थामा वडाबाट सुचना थाहा भएपछि लसुन पकेट क्षेत्रमा निवेदन हाले र नाम आएपछि लसुन खेतीका लागी स्वीट नेपालबाट तालिम, बिउ, मल तथा आवश्यक औजारहरु ल्याए । ४ कठ्ठामा लसुन लगाएका उनले सो लसुनबाट ९ क्विन्टल फलाएका छन । उनले ५० हजार जतिको लसुन बेचेका छन भने बाकी नया दरभाउका अनुसार बेच्ने तयारीमा रहेका छन । उनले सो पैसाबाट बैशाखमा ३ जना छोराछोरीको स्कुलको शुल्क तिरेका छन भने घरमा खानका लागि गहु/धान समेत  किनेका छन । उपचार खर्च लगायत घरधन्दा समेत सोही पैसाबाट गरेको कुरा बताउछन । अब ८ कठ्ठामा लसुन लगाउने योजना समेत बनाएको कुरो सुनाउछन ।

यस्तै भारतको गुजरात बाट लकडाउनको समयमा ३ भाईहरु मध्ये २ भाईहरु रोजगार गुमाएर आईसकेपछि एक भाईले संचालन गर्दे आईरहेको खुद्रा पसलले केही नभएपछि वेदकोट नगरपालिका वडा न. ७ गाउजीका गोपाल धामीले पनि स्वीट नेपाल र नगरपालिकाको सहयोगमा ५ कठ्ठा जमिनमा ६५ किलो लसुन लगाए । उनले त्यसबाट बैशाखमा १० क्विन्टल लसुन उत्पादन गरेका छन । उनी अहिले खुद्रा रुपमा आफनै पसलमा १८० रुपया प्रतिकिलो बेचिरहेका छन उनी भन्छन, “म अझै महंगोमा केही समय पछि बेच्न सक्छु” ।उहाँसहित अहिले ३ जना भाईको सयुक्त परिवारका मान्छेहरु लसुनका साथै तरकारी खेतीमा लाग्ने अठोट गरेका छन । लसुन लाई हरेक बर्ष लगाउने र यस सिजनमा कम्तिमा १० कठ्ठामा लगाउन तयारी गरेका छन साथै बिउहरु ग्रडिङ्क गरी राखिसकेका छन ।

आज कोरोनाबाट प्रभाभित भएका, बिदेशमा रोजगारी गुमाएका ब्यक्ति, एकल महिला, दलित तथा पिडित परिवारलाई समेटने गरी वेदकोट नगरपालिका वडा न. ७ र ८ लाई लसुन पकेट क्षेत्रका लागि ३० जनालाई स्वीट नेपालको आयोजना र बेदकोट नगरपालिका तथा युएनडिपीको सहयोगमा कोभिड-१९ प्रतिक्रिया सामाजिक आर्थिक पुर्नप्राप्ति परियोजनाले सहयोग गरी उनीहरुको जिविकोपार्जनमा सहयोग भएको कुरा स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले दावी गरेका छन । संस्थाले ३० जना लसुन उद्यमीहरुलाई तालिम, बिउ, मल, औजार लगायत फिल्ड स्तरमै तालिम र स्याहारसुसारसमेत उद्यमीको सहकार्यमा संस्थाले गरेको थियो । अहिले वेदकोट नगरपालिकाको दुवै वडामा रहेका किसानहरुले लगभग २५ लाखभन्दा माथिको लसुन बेच्न पाउने भएका छन ।

(लेखक समाजसेवी तथा स्वीट नेपालका अध्यक्ष हुन्, उनले स्वीट नेपालमार्फत कृषि क्षेत्रमा काम गरिरहेका छ्न् ।)

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्