लाइन्स क्लब महेन्द्रनगर झलारीद्वारा महाकाली अस्पताललाई १ लाख २० हजारको चेक हस्तान्तरण

कोरोना महामारीको दोस्रो लहर का कारण देशैभर अक्सिजन अभाव भएसँगै सुदूरपश्चिमका सबै अस्पतालहरुमा अक्सिजनको चरम अभाव रहेको छ त्यसैले महाकाली अञ्चल अस्पतालले दैनिक २०० थानoxygen cylinder भन्ने क्षमताको plant लगाउने योजना बनाएको छ डेढदेखि दुई करोड लाग्ने सो परियोजनामा आफ्नो तर्फबाट केही सहयोग होस् भनेर लाइन्स क्लब distic ३२५ बि टु का advisor lion बसन्तराज पाण्डेको संयोजनमा नेपाली मूल घर भई हालः अमेरिकास्थित लुम्विनी लाइन्स क्लब र एभरेष्ट सेन्चुरियल लाइन्स क्लब ले संयुक्तरुपमा१००० अमेरिकी डलर सहयोग गरेको थियो उक्त सहयोग रकम मा lines club of mahendranagar झलारीले रु ६ हजार थप गरेर रु एक लाख २० हजारको चेक अस्पतालका अध्यक्ष कृष्ण दत्त जोशीलाई हस्तान्तरण गरेको हो
उक्त चेक हस्तान्तरण कार्यक्रममा distic senior advisor mjf भोजराज पन्तको पनि सहभागिता रहेको थियो
चेक हस्तान्तरणपछि क्लबका अध्यक्ष के.पी.पाण्डेले उक्त रकमको समयमै सही सदुपयोग होस् र छिट्टै अक्सिजन प्लान्ट जडान भई , महेन्द्रनरनगरबासीले अन्य ठाउँमा गएर अक्सिजन सिलिन्डर भर्ने झन्झट बाट मुक्ति होस् भनेर यो सहयोग गरेको बताउनुभयो भने अस्पतालका अध्यक्ष जोशीले यो परियोजनाका लागि धेरै संघसंस्था तथा मनकारि व्यक्तिले सहयोग गरेका छन् सबैलाई धन्यवाद दिँदै केही दिनमै पत्रकार सम्मेलन गरी सम्पूर्ण कुराको पारदर्शिता गर्ने आश्वासन समेत दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्