बाजुरामा २४ घण्टामा ९ जनामा काेराेना संक्रमण पुष्टि, १ जनाकाे मृत्यु

बाजुरा जिल्लामा पछिल्लो २४ घण्टामा एन्टिजेन प्रविधीबाट  गरिएको कोरोना परिक्षणमा ९ जना  संक्रमित थपिएका छन् । भने एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
बुधबार गरिएको कोरोना परिक्षणमा ९ जना संक्रमित थपिएसंगै संक्रमितको संख्या तीन सय ६२ पुगेको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यलय प्रमसख महेश चन्दले  जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार संक्रमित तीन सय ६२ जनामा हाल एक सय ९६ जना सक्रिय संक्रमित रहेको बताए । तीमध्ये होम आइसोलेसनमा एक सय ५४ जना र आइसोलेसनमा उपचाररत १२ जना रहेको निमित्त प्रमुख पन्तले बताए ।
संक्रमित मध्ये बुधबार ५४ जनालाई कोरोना निको भएको छ । निको हुनेको संख्या एक सय ६१ पुगेको निमित्त प्रमुख चन्दको भनाई रहेको छ ।
बुधबार गरिएको कोरोना परिक्षणमा बुढीगंगा नगरपालिकामा पाँच जना, गौमुल गाउँपालिकामा दुई जना र जगन्नाथ गाउँपालिकामा दुई जना गरी ९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्