तिम्रो आँखाको नानीभित्र

सरिता पराजुली

मनमा सधैँ खुल्दुली भइरहन्छ

सधैँ कोट्याइरहन्छ कसैले छोएको मीठो बतासले

र भित्रैदेखि भन्न मनलाग्छ –

ए वतास् भनिदे उसलाई

कि तिमीले छोएको वतास मुटुमा साँचेर उ बाँचिरहिछे

भगवानसँग विश्वास छैन

भाग्यसँगपनि विश्वास छैन

तिम्रो आँखाभित्र बसेर

सपना देख्न  खोजिरहेछु सधैँभरि

मान्छेहरू भन्छन्-

तिमी मेरो होइनौ

मेरो मनले त भन्छ –

तिमी बाहेक अरू कोही छैन यो सँसारमा

एक्लै हुँदा निरासाले घेर्छ

तर एउटा बल बढछ तिम्रो सँझनालेपनि

म तिमीलाई कत्ति माया गर्छु

सब्द बिहिन छन् मेरा सवालहरु

तिमीलाई देखाउन म संग प्रमाण पनि छैन

मायामा र विश्वासमा प्रमाणनै कहाँ चाहिन्छ र?

छोपी देऊ मलाई तिम्रो शीतल परेली भित्र

राखिदेऊ सधैँ त्यो चम्किलो आँखाको नानीभित्र

मिलेर सँगै बगाउँला

तिम्रो र मेरो प्रेमका लामा लामा कोशी र कर्णालीहरू

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्