रुपन्देहीका सिडिओ अस्मान तामाङलाई खुला पत्र !

Humanity Foundation ले सुदुरपिश्चमका लागि पठाएका सिलिन्डर रुपन्देहीका सिडिओद्वारा बाटैबाट अपहरण गरिएकाे समाचारले मेराे गम्भीर ध्यानाकर्षण भएकाे छ । म सम्पुर्ण सुदुरपश्चिमेलीहरुलाई तपाईलाई चिनिराख्न अनुराेध गर्दछु । महामारीमा सुदुरपश्चिममाथि सिडिओ साबद्वारा गरिएकाे याे अपराध क्षम्य हुन सक्दैन । आईसियुमा राखिएकाे बिरामीलाई १ मिनेटमात्रै अक्सिजन अवरुद्द भयाे भने उसकाे ज्यान जान्छऽ सिडिओ साबले रातभर सिलिन्डर बाेकेकाे गाडी अवरुद्द गर्दा कति जनाकाे ज्यान तलमाथी भयाे हाेला ? र कतिजना निकाे हुनै लागेका बिरामीहरु तपाईले अक्सिजन सिलिन्डर अवरुद्द गरेकाे खबर सुनेर हतासिएर फेरी मृत्युकाे मुखसम्म पुगेहाेलान ?
सिडिओ साब,
अकि्सजनकै अभावमा आजमात्रै सुदुरपश्चिममा २१ जनाले ज्यान गुमाएका छन् । तिनकाे जिम्मेवारी कसले लिने ?

राज्य त यसै निरीह उसै निरीह छ । एउटा सामाजिक सस्थाले दिएकाे दुईचार थान सिलिन्डर पनि किन सुदुरपश्चिम जादै गर्दा अवरुद्द गर्नुभयाे ?

यसरी सुदुरपश्चिमेली जनताकाे ज्यानमाथि खेलबाड गर्ने अधिकार कसले दियाे सिडिओ साब ? तपाईले आफ्नै स्वच्छाले अवरुद्द गर्नुभएकाे हाे वा माथिकाे आदेशले ? त्यसरी जनताकाे जनस्वास्थ्यमाथी खेलवाड गर्नेगरी क-कसले आदेश दियाे ? यस विषयमा यहाँले सत्यतथ्य बाहिर ल्याउनुपर्छ अन्यथा हामी राष्टिय मानव अधिकार आयाेग लगायत राष्टिय तथा अन्तराष्टिय सघसस्था गुुहार्न बाध्य हुनेछाै ।

तपाईले अत्यावश्यक सेवा अवरुद्द गर्नेमाथि कानूनी कारबाही हुन्छ भन्ने कुरा त थाहा छ हाेला नि ? के तपाई आजमात्रै सुदुरपश्चिममा मृत्युभएका २१ जनाकाे जिम्मा लिन तयार हुनुहुन्छ ? अक्सिजन नपाएरै २१ जनाकाे ज्यान गईसकेपछि अक्सिजन अवरुद्द गर्नेमाथि ज्यान मुद्दा लाग्छ भन्नेकुुरा एकचाेटि पुन स्मरण गराउन चाहन्छु ।

Humanity Foundation ले सुदुरपिश्चमका लागि पठाएका सिलिन्डर तपाईले बाटैमा अवरुद्द गरेकाे विषयमा यथार्थ कुरा बाहिर ल्याईदिन हुन अनुराेध गर्दछु ।

अधिवक्ता कृष्ण महरा

दुहुँ ५ दार्चुला
हाल काठमाडाै

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्