ब्लड क्यान्सर पिडित बागेश्वर भण्डारी बचाउ अभियान, सहयोग गर्न अपिल

कन्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका, वडा न​. १२ निवासी बागेश्वर भण्डारीलाइ ब्लड क्यान्सर भएपछि सहयोग संकलन गर्न थालिएको छ । भण्डारी परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च जुटाउन अहिले सहयोग संकलन गर्न लागिएको हो ।

उपचारको लागि आज (२०७८/०२/०२ गते) शु.न.पा -१२ बसन्तपुर टोलमा घर दैलो अभियान बाट उठेको सहयोग रकम रु. ६१,१४२ (अक्षरुपी: एकसठ्ठि हजार एक सय बयालिस) बिरामीका बुवा नर बहादुर भण्डारिलाइ हस्तान्त्रण गरिएको सहयोग संकलन अभियानका अभियान्ता राजेन्द्र ढुङ्गालले बताउनुभयो । साथै भोलि (२०७८/०२/०३ गते) डिलासैनी जगदम्बा टोलमा घरदैलो अभियान चलाइने ढुङ्गालले बताउनुभयो ।

अभियान्ताहरुले सहयोग गर्ने सबैलाइ सबैलाइ धन्यवाद दिनुका साथै सहयोग गर्न अपिल गर्नु भ​एको छ । अहिले ब्लड क्यान्सर पिडित  बागेश्वर भण्डारीको बि.पि कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा उपचार भइरहेको छ ।

राजेन्द्र ढुङ्गाल (शु.न.पा –१२ बसन्तपुर)
सम्पर्कः ९८४२५४२७७०

लोकेन्द्र भण्डारी
सम्पर्कः ९८६३६६०९२५

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्