हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आपसमा गाभिने (मर्जर) सम्झौता

काठमाडौं – हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आपसमा गाभिने (मर्जर) सम्झौता भएको छ । बिहीबार दुई बैंकबीच भएको प्रारम्भिक सम्झौता अनुसार मर्जरपछि बन्ने बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’ रहने हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले जानकारी दिए ।

अहिले नामको विषयमा मात्रै सहमति भएको उनले बताए । दुई बैंक मर्जरपछि बन्ने हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक चुक्ता पुँजीको आधारमा नेपालकै ठूलो बैंक बन्नेछ । यद्यपि, यी बैंकहरु कहिलेसम्ममा मर्ज भई एकीकृत कारोबार गर्ने भन्ने यकीन भइसकेको छैन ।

दुई बैंक आपसमा गाभिएपछि नेपालमा वाणिज्य बैंकको संख्या २६ मा झर्नेछ । दुई बैंक एक भएपछि कुल चुक्ता पुँजी करिब २७ अर्ब रुपैयाँ पुग्ने छ ।

बिहीबार दुबै बैंकले जारी गरेको संयुक्त विज्ञप्तिमा मर्जरपछि बैंकको निक्षेप ३ खर्ब ११ अर्ब रुपैयाँ पुग्नेछ भने कर्जा २ खर्ब ८७ अर्ब रुपैयाँ पुग्नेछ । यसैगरी शाखा संख्या १५२ र कर्मचारी संख्या २५ सय भन्दा बढी पुग्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्