चितुवाको छालासहित एक पुरुष पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं – सुर्खेतको गुर्भाकोट नगरपालिका–३ स्थित कुरिलेबाट प्रहरीले चितुवाको छालासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट–९ घर भएका ३६ वर्षीय वीरेन्द्रकुमार खत्री छन् ।

७ फिट ६ ईन्च लामो चितुवाको छाला बोकेर भे.४प ४८८७ नम्बरको मोटरसाइकलमा जाजरकोट जाँदै गरेका खत्रीलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको टोलीले पक्राउ गरेको हो । बुधवार दिउँसो पक्राउ गरेर उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्