हेलम्बुका गाउँबस्तीहरुमा स्वास्थ्यकर्मीको टोली परिचालन, सुरक्षित भएर बस्न अध्यक्ष शेर्पाको आग्रह

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले बस्तिहरुमा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ ।
बुधबारबाट गाउँपालिकाले मौसमी रुघाखोकी लगायतका आवश्यक औषधि सहितको स्वास्थ्यकर्मीको टोली गाउँबस्तिहरुमा परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । उनका अनुसार बुधबार हेलम्बु गाउँपालिकाको वडा नम्बर २ को भिरखर्क र चुरेटार क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो ।

स्वास्थ्यमा समस्या, केही जिज्ञासा तथा सुझावहरु भए स्वास्थ्यकर्मीको टोली समक्ष राख्न पनि गाउँबासीहरुमा अध्यक्ष शेर्पाले अनुरोध गरे । अध्यक्ष शेर्पाका अनुसार बिहिबार वडा नम्बर ५ को खरबुजे लगायतका गाउँहरुमा स्वास्थ्यकर्मीको टोली परिचालन हुनेछ । यो अभियान आवश्यकता रहुन्जेल सम्म निरन्तर रहने पनि अध्यक्ष शेर्पाले जानकारी दिए । आफु कोरोनासंक्रमणबाट मुक्त नभइसकेकोले गाउँबस्तीमा जान नसेकेकोमा अध्यक्ष शेर्पाले दुःख व्यक्त गरे । उनले निषेधाज्ञामा सबैले गरेको सहयोगको प्रसंसा गर्दै सुरक्षित भएर बस्न पनि सबैमा आग्रह गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्