गण्डकी प्रदेशको मुख्यमन्त्री गुरुङद्वारा शपथ

कास्की – गण्डकी प्रदेशको मुख्यमन्त्रीका रूपमा पुनः नियुक्त भएका एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले शपथ लिएका छन् ।

मुख्यमन्त्री गुरुङलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।

गुरुङले तीन दिनअघि राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले तीन दिनको समय दिएर बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई चार दलका ३१ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबी गरेको भए पनि बहुमत नपुगेपछि पृथ्वीसुब्बा गुरुङलाई नै नियुक्त गरिएको हो ।

राष्ट्रिय जनमोर्चाका दुई सांसद खिमविक्रम शाही र कृष्ण थाले आफूहरु तटस्थ बसेपछि कांग्रेस संसदीय दलका नेता पोखरेलले बहुमत पु¥याउन सकेको थिएन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्