टिकटकमा भावुक भिडियो अपलोड गरेको केहि समयमै कोरोना संक्रमित पालको निधन

धनगढी- धनगढीमा कोरोना संक्रमित पश्चात भएको मृत्युप्रति अहिले सबैले सामाजिक सञ्जालमा दुःख व्यक्त गरेका छन् । कैलालीको गोदावरी नगरपालिकामा रहेको लोटसआई माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएकी मीना पालले विगत केहि दिनदेखि कोरोना संक्रमित भएकी थिइन् । बैशाख १८ गते शनिबार ‘टिकटक’मा एउटा भिडियो अपलोड गरेको केहि समय पछि उनको निधन भयो ।
मास्क लगाएर ‘आमा धेरै थकित छु, जिन्दगीदेखि, सायद अब बाँच्न सक्दिँन होला यो स्वार्थी संसारमा, मलाई माफ गरिदेउ है आमा तिमीलाई खुसी दिन सकिँन।’ भन्ने बोलमा उनले टिकटक बनाएकी थिइन् र उक्त भिडियो अपलोड भएको भोलिपल्ट उनले फेरि थप एक भिडिओ अपलोड गरिन ्। बिस्तरामै सुतिरहेको अवस्थामा ‘कोरोनाको महामारी दिनप्रतिदिन बढीरहेको छ, बोल्न मन छ भने आजैै दिल खोलेर बोलौं, भोलि के थाहा यो संसार छाडेर म पनि त जान सक्छु । तपाई पनि त जान सक्नुहुन्छ, २ दिन बाँचुन्जेल किन मिठो बोलेर नबाँच्ने, प्लिज मिठो बोल’ ।

यी सबै भिडिओ होम आइसोलेसनमा बसेको बेला बनाएकी थिइन् । घरमै आइसोलेसनमा बसेकी ३८ वर्षीया पाललाई थाइराइडको समेत समस्या थियो । अवस्था जटिल बन्न थालेपछि पाललाई केहीदिन पहिले मालाखेती अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि पाललाई धनगढीस्थित माया मेट्रो अस्पतालमा रेफर गरिएको थियो । तर उनको बुधबार बिहान ८ बजे उपचारका क्रममा मृत्यु भइसकेको छ ।

@api839Miss you mom afulai khahi huda ama ko yad dharai aucha ama jasto yo sansar ma kohi hudaina♬ original sound – palpalkoxuchii

@api839♬ original sound – Puja♥️

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्