ठाकुर पक्षद्वारा बहुमतीय सरकार गठनमा सहभागी नहुने राष्ट्रपतिलाई जानकारी

काठमाडौं– राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधबार शीतल निवासमा पुगेर पत्र बुझाउँदै बहुमतीय सरकारमा सामेल नहुने जानकारी गराएको हो । राष्ट्रपति कार्यालय स्रोतले ठाकुर र महतोले पत्र बुझाएको पुष्टि गरेको छ ।

राजपाका अध्यक्ष उपेन्द्र यादव भने कांग्रेस–माओवादी केन्द्रको विपक्षी गठबन्धनमा सहभागी हुनुभएको छ । ठाकुरले दुई दिनअघि विज्ञप्ती जारी गर्दै वर्तमान सरकारले नै मधेसीका मुद्दा सम्बोधनको काम गरिरहेकाले वैकल्पिक सरकार गठनमा सहभागी नहुने स्पष्ट पार्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्