कोरोनाबाट मृत्यु हुनेमा नयाँ रेकर्ड कायम, थप २२५ जनाको मृत्यु

File Photo
File Photo

काठमाडौँ – कोरोनाबाट थप २२५ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेनाले व्यवस्थापन गरेका शवसहित यस दिन २२५ मृतक थपिएका हुन् । एकै दिन थपिएको मृतक संख्या यो अहिलेसम्मकै उच्च हो । यी सहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । थप ९ हजार ४८३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २१ हजार ३१६ जनाको नमुना परीक्षण गरिएको हो । यस दिन ५ हजार २२५ जना निको भएका छन् । एकै दिन निको हुनेको यो संख्या पनि हालसम्मकै उच्च हो ।

हालसम्म ३ लाख १२ हजार १९ जना कोरोनाबाट निको भएका छन् । हाल देशभर ९७ हजार ८ जना सक्रिय संक्रमित छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्