सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ३१ जनाको मृत्यु, कुन जिल्लामा कति ?

कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ३१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा ३१ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर १६, कैलाली १०, बझाङ्ग २, अछाम १, बैतडी १ र डडेल्धुराका १ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट प्रदेशमा ३१ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार ३७३ जनाको एन्टिजेन परीक्षण गर्दा ८७ जनामा पोजेटिभ रिपोर्ट आएको र तीमध्ये १९ जनाको मृत्यु भएको छ । १ हजार ३ सय ५० जनाको पिसिआर परीक्षण हुँदा ७ सय ३१ जनाको रिपोर्ट पोजेटिभ आएको र त्यसमध्ये १२ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्