सबैको लघु वित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पौडेल पुनः नियुक्त

सबैको लघु वित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पदमा केशव कुमार पौडेललाई पुनः नियुक्ति गरिएको छ । २०७८ वैशाख २४ गते बसेको सचालक समितिको ८६ औ बैठकवाट संस्थाको प्रमुख कार्यकारी अधिकृतको पदमा श्री केशव कुमार पौडेललाई जेठ १ गतेवाट लागू हुने गरी थप ४ वर्ष (दोश्रो कार्यकाल) को लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गरिएको छ ।
मिति २०४९ सालमा निर्धन संस्थाबाट सेवा प्रवेश गरी विभिन्न लघुवित्त वित्तीय संस्थाहरुमा प्रमुख कार्यकारी अधिकृत पदमा रही कार्य अनुभव लिई सक्नु भएका पौडेल जेठ १ गते देखि सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत पदको कार्य जिम्मेवारी वहन गर्नु भएको थियो ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा कम्पनी कानून तथा अन्य प्रचलित कानूनको अधिनमा रही तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका वडा नं. १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड मिति २०७४ बैशाख २५ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई मिति २०७४ आषाढ २५ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तर कार्यक्षेत्रमा वित्तीय कारोवार सञ्चालन गर्न “घ” वर्गको इजाजतपत्र प्राप्त गरी मिति २०७४÷०३÷३० गतेबाट विधिवत रुपमा सञ्चालनमा आएको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो ।

मिति २०७७ साल चेैत्र मसान्तसम्म ७ वटै प्रदेशहरुका ३७ जिल्लाहरुमा ६९ शाखा कार्यालय, ४ अनुगमन मुकाम र केन्द्रीय कार्यालय गरी ७४ वटा कार्यालयहरुको सञ्जाल रहेको र सोही अवधिसम्ममा करिब ५० हजार घरधुरीमा सेवा विस्तार गरेको छ । त्यस्तै लगानीमा रही रहेको कर्जा रु. ३ अर्ब १४ करोड ६४ लाख रहेको र बचत ८१ करोड ८९ लाख रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्