राष्ट्रियसभा सदस्यको रिक्त पदको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता

काठमाडौं– निर्वाचन आयोगले जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ताको समय तोकेको छ । आज उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र भोलि उम्मेदवारको विरोधमा उजुरी कार्यतालिका छ । यसैगरी, २६ र २७ गते उजुरी उपर जाँचबुझ गर्ने कार्यक्रम तय गरिएको छ ।

त्यस्तै वैशाख २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २८ गते उम्मेदवारले नाम फिर्ता लिने तथा २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा चुनाव चिह्न दिने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । बाग्मती प्रदेशबाट अन्य समूहमा एक पद रिक्त भएकाले उक्त पदमा उपनिर्वाचन हुन लागेको हो । माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा बादलले दल त्याग गरेका कारण उक्त पद रिक्त भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्