गृहमन्त्री थापाले दर्ता गराए राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् । हेटौंडा –५ मा रहेको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर थापाले मनोनयन दर्ता गराएका हुन् । बिहान १० बजेदेखि साँझ ४ बजेसम्म दर्ताको समय तोकिएको उनले १२ बजेर ३० मिनेटमा मनोनयन दर्ता गराएका हुन् ।

जित सुनिश्चति भएपछिमात्रै थापालाई उम्मेदवारी बनाउने बताएको एमालेले शुक्रबार बिहानमात्रै थापालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । वाग्मती प्रदेसका मुख्यमन्त्री डोरमणि पौडेल प्रस्तावक तथा समाजिक विकास मन्त्री सरस्वती बस्नेत उनका समर्थक रहेका छन् । उनी उम्मेदवारी दर्ता गराउन थापा हेलिकप्टरबाट हेटौंडा आएका थिए ।मनोनयन दर्ताका लागि वाग्मती प्रदेश मन्त्रिमण्डलको टोली र नेकपा एमाले नेतासहितको टोली थापासँगै प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेको थियो । यसअघि कांग्रेस–माओवादी साझा उम्मेदवारका रुपमा खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्