जापनबाट नेपाली समुदायको साहारा बन्दै समाज सेवी श्रेष्ठ – बाटो, पोखरी निर्माण देखि विपन्नलाई आर्थिक सहयोग

काठमाडौँ – कामको सिलसिलामा विगत केहि वर्षदेखि जापानमा बस्दै आएका समाजसेवी रविन श्रेष्ठले विभिन्न समयमा नेपालमा रहेका असाहय, स्वास्थ्यमा समस्या भएका व्यक्तिहरु, विद्यार्थी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सहयोग गर्दै आएका छन् । गण्डकी प्रदेशको गोरखा जिल्लाका स्थायी बासिन्दा समाजसेवी श्रेष्ठले नेपालमा पहिलो कोरनाको लहरमा पनि विभिन्न ठाउँमा खाद्यान्न वितरण गरेका थिए ।

उनले समय–समयमा पैसाको अभावमा उपचार गराउन नसकेका व्यक्तिहरुलाई पनि आर्थिक सहयोग गर्ने गरेका छन् । केहि समय अगाडी समाजसेवी श्रेष्ठले गोरखाको आफुले अध्ययन गरेको श्री विजया भवानी माध्यमिक विद्यालयका ६० जना विद्यार्थीहरुलाई झोला वितरण गरेका थिए। उनका अनुसार आर्थिक विपन्नताले झोला किन्न नसक्ने अवस्था भएका विद्यार्थीहलाई झोला वितरण गरिएको थियो ।

गत वर्षको कोरोना महामारीमा समाजसेवी श्रेष्ठले काठमाडौँको तारकेश्वर नगरपालिका, गोरखाको गण्डकी गाउँपालिका लगायतका ठाउँका केही विपन्न स्थानीयहरुलाई खाद्यान्न वितरण गरेका थिए । समाजसेवामा सक्रिय श्रेष्ठले आफु जन्मेको गाउँमा पोखरी निर्माणको लागि समेत आर्थि सहयोग गरेका छन् । उनले गाउँमै मन्दिर निर्माण र बाटो निर्माणमा पनि आर्थिक सहयोग गरेका छन् ।

जापानमा बसेरपनि समय–समयमा समस्यापरेकाहरुलाई आर्थिक रुपमा सहयोग गर्दै आएका श्रेष्ठले आफुले सहयोग गर्न पाउँदा निकै आनन्द आउने गरेको बताए । जापनबाट उपहारखबरसँग संक्षिप्त कुरा गर्दै भने, ‘मानव भएर जन्मेपछि एक अर्काको समस्या बुझ्नु नै सबैभन्दा ठूलो कुरा हो, कसैलाई सहयोग गर्न धन हैन,मन चाहिन्छ, सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरे देश विकासमा पनि टेवा पुग्छ’ । समाजसेवी श्रेष्ठले सहयोग गर्दैमा कोहि गरिब नहुने समेत बताए । उनले भने, ‘सहयोग गर्दैमा कोही गरिब हुदैन, अरुलाई दिएर सकिदैन, समस्यामा परेका मानिसलाई सहयोग गर्नु मानवीय धर्म हो ।’

नेपालमा अहिले कोरोनाको दाश्रो लहर चलिरहेको छ । यतिबेला पनि समाजसेवी श्रेष्ठ नेपालमा आर्थिक सहयोग गर्नमा व्यस्त छन्, उनले निशुल्क रुपमा समाजसेवा गर्दै आइरहेको हन्ड्रेड्स ग्रुप मार्फत असाहयहरुलाई आर्थिक सहयोग गरेका छन् । अगामी दिनहरुमा पनि यस्तै सामाजिक परोपकारका काम गर्दै जाने समाजसेवी श्रेष्ठले बताए ।

सम्बन्धित समाचारहरु 

जापानबाट समाजसेवी रविन श्रेष्ठले गरे ६० जना विद्यार्थीहरुलाई झोला वितरण

जापानमा बसेर नेपालमा समाजसेवा गर्दै रविन श्रेष्ठ

जापानमा बस्दै आएका श्रेष्ठले गरे आफ्नै गाउँका विपन्न ३५ घरपरिवारलाई राहत वितरण

सहयोग गर्न ठूलो धन हैन ठूलो मन चाहिन्छ : रविन श्रेष्ठ

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्