जापानबाट समाजसेवी रविन श्रेष्ठले गरे ६० जना विद्यार्थीहरुलाई झोला वितरण

काठमाडौँ – विगत केहि वर्षदेखि जापानमा बस्दै आएका समाजसेवी रविन श्रेष्ठले ६० जना विद्यार्थीहरुलाई झोला वितरण गरेका छन् ।
गोरखाका स्थायी बासिन्दा समाजसेवी श्रेष्ठले आफुले अध्ययन गरेको श्री विजया भवानी माध्यमिक विद्यालयका ६० जना विद्यार्थीहरुलाई झोला वितरण गरेका हुन् । विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीहरुको पहिचान गरि झोला वितरण गरिएको समाजसेवी श्रेष्ठले बताए । उनका अनुसार आर्थिक विपन्नताले झोला किन्न नसक्ने अवस्था भएका विद्यार्थीहलाई झोला वितरण गरिएको हो ।

जापानमा बसेरपनि समय–समयमा समस्यापरेकाहरुलाई आर्थिक रुपमा सहयोग गर्दै आएका श्रेष्ठले आफुले पढेको विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गर्न पाउँदा खुसी भएको बताए । उनले भने, ‘विपन्न परिवारका विद्यार्थीहरुलाई झोला वितरण गर्न पाउँदा निकै खुसी छु, यसरी सहयोग गर्न पाउँनु मेरो लागि अहोभाग्य हो ।’ श्रेष्ठले अगाडी थपे, ‘सेवा गर्ने अवसर जुटाईदिने शिक्षक अर्जुनकुमार श्रेष्ठ र प्रधानाध्यपाक ठाकुर गुरुङलाई पनि विशेष धन्यवाद दिन चाहन्छु, आगामी दिनहरुमा पनि यस्ता अवसर जुटाईदिनुहुनेछ भन्ने विश्वास पनि लिएको छु ।’

अगामी दिनहरुमा पनि यस्तै सामाजिक परोपकारका काम गर्दै जाने समाजसेवी श्रेष्ठले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्