जापानमा बसेर नेपालमा समाजसेवा गर्दै रविन श्रेष्ठ

काठमाडौँ – गोरखाका रविन श्रेष्ठ जापानमा काम गरेर नेपालमा समाज सेवा गर्दै आएका छन् । समाजसेवी श्रेष्ठले केहि दिन अघि धनकुटाको विश्रान्ति वृद्ध आश्रममा न्यानो लुगा विरतण गरेका छन् । उनले आश्रमका १ सय ५ वर्षिया बृद्धा लगायत साना नानीबाबुहरु लाई न्यानो कपडाहरु वितरण गरेका हुन् । समाजसेवी श्रेष्ठले विभिन्न समयमा नेपालमा रहेका असाहय, गरिबहरुलाई आर्थिक सहयोग समेत गर्दै आएका छन् । उनले कोरोनाका कारण नेपालमा भएका लकडाउनका समयमा समेत खाद्यान्न वितरण गरेका थिए । श्रेष्ठले आफ्नो बाल्यकालमा पढेको गोरखाको विद्यालयमा समेत सरस्वती मन्दीरको निर्माण गरेका छन् । दीन दुःखीहरुलाई सहयोग गर्न पाउँदा आफु निकै खुसी भएको उनी बताउँछन् । उनले भने, ‘सहयोग गर्न ठूलो धन हैन ठूलो मन चाहिन्छ’ । आगामी दिनहरुमा पनि आफुले सकेको सहयोग निरन्तर गर्ने श्रेष्ठले बताए ।

विश्रान्ति वृद्ध आश्रम धनकुटामा न्यानो कपडा वितरण
सरस्वतीको मंदिर निर्माण

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्