आज पनि कोरोना संक्रमणमा नयाँ रेकर्ड, ९१९६ जना संक्रमित, ५० जनाको मृत्यु

काठमाडौं– नेपालमा कोरोना संक्रमणमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । आज ९१९६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । हिजो ९०७० संक्रमित भएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको २०४८२ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ९१९६ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा २९०५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ९५ हजार ३ सय ९५ जना छन् । नेपालमा निको हुने दर ७८ दशमलव २ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट नेपालमा गत २४ घण्टामा ५० जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३५९९ रहेको छ ।

गत २४ घण्टामा काठमाडौंमा ३०८९, भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ गरी उपत्यकामा ४१०६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्