ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं – ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

तीन दिनअघि स्टार अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रजिअ निरौलाको स्वास्थ्य अवस्था सामान्य छ । उनी जिल्ला प्रशासन कार्यालयकै क्वाटर आइसोलेसनमा बसेर प्रविधिको प्रयोग गरी महामारीविरुद्धको अभियानमा सक्रिय भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्