कर्मचारीमा कोरोना देखिएपछि नगरपालिकाबाट प्रवाह हुने सबै सेवा बन्द

दैलेख – दैलेखको आठबीस नगरपालिकाले पालिकाबाट प्रवाह गरिने सेवा वैशाख २५ गतेसम्मका लागि बन्द गरेको छ ।
नगरपालिकाका दुई जना कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएपछि सेवा प्रवाह बन्द गरिएको हो ।

आइतबार एक विज्ञप्ति जारी गर्दै सेवा प्रवाह बन्द गरिएको पालिकाले जानकारी गराएको हो । भोली सोमबार बिहान ६ बजेदेखि २५ गते राति १२ बजे सम्मका लागि सेवा बन्द गरिएको नगरपालिकाले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्