दार्चुलाको मार्मामा २ जना स्वास्थ्यकर्मी सहित थप ८ जनामा कोरोना पुष्टि

दार्चुला – दार्चुलाको मार्मा गाउँपालिकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार २० जनाको एन्टीजेन परिक्षण गर्दा २ स्वास्थ्यकर्मी सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको मार्मा गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यो सहित दार्चुलामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६० पुगेको छ । जसमा १३ जना स्वास्थ्यकर्मी रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि दार्चुलामा वैशाख १६ गतेदेखि मार्मा गाउपालिका, व्यास गाउपालिकाको वडा नम्बर ६ र शैल्यशिखर नगरपालिकामा निषेधाज्ञा गरिएको छ । साथै आइतबार बिहान ६ बजेदेखि लागू हुने गरी महाकाली नगरपालिमामा वैशाख २५ गते बेलुका ६ बजेसम्मका लागि निषेधाज्ञा गरिएको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला अस्पताल दार्चुलाले ईर्मेजेन्सी बाहेकका सेवा बन्द गरेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्