झापामा कोरोना रोकथामका लागि सेना परिचालन

काठमाडौँ – कोरोनाभाइरसको सङ्क्रमण विरुद्ध सचेतना फैलाउन झापाका पाँच स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ । जसअनुसार नेपाली सेनाले गस्ती शुरु गरेको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाका अनुसार मेचीनगर, भद्रपुर नगरपालिकासहित कचनकवल, गौरीगन्ज र झापा गाउँपालिकामा सेनाले गस्ती गर्न शुरु गरेको छ ।

ती पाँच स्थानीय तह भारतसँग सीमा जोडिएका स्थानीय तह भएकाले सीमा क्षेत्र भन्दा पाँच किलो मिटर उत्तर क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सपोर्टका लागि सेना परिचालन गरिएको हो ।

यसअघि पनि कोरोनाको पहिलो लहरको कोभिड–१९ को महामारी तीब्र गतिमा फैलिएका बेला नेपाली सेनाको टोली दक्षिण झापाको कचनकबल गाउँपालिकामा परिचालन गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्