भारतमा एकैदिन झण्डै ४ लाख जनामा कोरोना, ३४९८ सङ्क्रमितको मृत्यु

काठमाडौं – भारतमा लगातार सातौं दिन तीन लाखभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित पहिचान गरिएको छ । पछिल्लो चौबीस घण्टामा तीन लाख ८६ हजार ४५२ जना सङ्क्रमितको पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
थपिएका सङ्क्रमितसँगै भारतमा हालसम्म एक करोड ८७ लाख ६२ हजार ९७६ जना सङ्क्रमित भएका छन् । भारतमा हाल ३१ लाख ७० हजार २२८ जनामा भाइरसको सङ्क्रमण सक्रिय अवस्थामा छ । जुन कुल सङ्क्रमितको १६.९० प्रतिशत हो ।
पछिल्लो चौबीस घण्टामा तीन हजार ४९८ जना सङ्क्रमितको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार मृतकको संख्या बुधबार चौबीस घण्टाको अपेक्षा कमी आएको छ । बिहीबार चौबीस घण्टामा तीन हजार ६४५ जना सङ्क्रमितको मृत्यु भएको थियो । थपिएका मृतकसँगै भारतमा कोभिड १९ बाट हालसम्म दुई लाख आठ हजार ३३० जनाको मृत्यु दर्ता गरिएको छ । भारतमा हाल कुल सङ्क्रमितको १.११ प्रतिशतको मृत्यु भएको छ ।
भारतमा गत् वर्षको अगष्ट सातमा सङ्क्रमित हुने २० लाख पुगेको थियो । अगष्ट २३ मा ३० लाख, सेप्टेम्बर पाँचमा ४० लाख र सेप्टेम्बर १६ मा पचास लाख नाघेको थियो । गत् डिसेम्बर १९ मा कुल सङ्क्रमित एक करोड नाघेको भारतमा अप्रिल १९ मा एक करोड पचास लाख सङ्क्रमित हुनपुग्यो । भारतमा हालसम्म २८ करोड ६३ लाख ९२ हजार ८६ जनाको परीक्षण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्