महिला भलिबलमा हेलम्बु गाउँपालिकाको विश्व रेकर्ड ! (भिडियो सहित)

काठमाडौँ – सिन्धुपाल्चोक जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड महिला भलिबलको उपाधी हेलम्बु गाउँपालिकाले जितेको छ ।

शनिबार मेलम्चीमा भएको फाइनल खेलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई हराउदै हेलम्बुले उपाधि जितेको हो । चौतारा साँगाचोकगढी नगरपालिका र हेलम्बु गाउँपालिकाबीच ‘बेष्ट अफ थ्रि’ खेल भएको थियो । सो खेलमा चौतारा साँगाचोकगढी नगरपालिकाको २४ अंक हुँदा हेलम्बु गाउँपालिकाको १२ अंक थियो । हेलम्बुलाई जीतका लागि १३ अंक आवश्यक थियो भने चौतारा साँगाचोकगढी नगरपालिकालाई १ अंक आवश्यक थियो । तर हेलम्बु गाउँपालिकाले लगातार १३ अंक ल्याएर उपाधि जितेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । यो सँगै हेलम्बु अब प्रदेश स्तरीय राष्ट्रपति रनिङ शील्डको दाबेदार बनेको छ । प्रदेशमा पनि गाउँपालिकाले खेल जित्ने अध्यक्ष शेर्पाको विश्वास छ ।

गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख प्रकाश भट्टले यो खेल यो विश्व रेकर्ड हुनसक्ने बताए । उनका अनुसार विश्वमा ४–५ अंकको अन्तरमा जितेको रेकर्ड छ, तर एकोहोरो १४ अंक ल्याएर जितेको यो विश्वमै पहिलो हुनसक्छ । अब गाउँपालिकाले प्रदेश स्तरीय खेलको तयारी गरिहेको पनि उनले जानकारी दिए । खेलमा सिन्धुपाल्चोकका सबै पालिकाहरु सहभागि भएका थिए । यस अघि भएको जिल्ला स्तरीय महिला भलिबलको उपाधि पनि हेलम्बु गाउँपालिकाले जितेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्