बैतडीमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, दुलाहा–दुलही घाईते

बैतडी – बैतडीको पाटनमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाएको मृत्यु छ भने दुलाहा–दुलही घाईते भएका छन् ।

महेन्द्रनगरबाट दुलही लिएर बैतडीको ग्वाल्लेक जाँदै गरेको सुप्रप ००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब ५ः५० बजे बैतडीको पाटन नगरपालिका–६, घट्टीखोलामा दुर्घटनामा परेको हो ।

दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका करिब ५५ वर्षीय देवदत्त जोशीको दुर्घटनामा परी मृत्यु भएको छ । मृतक दुलाहाका काका रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा जिप चालक तर्कराज जोशी गम्भीर घाईते भएका छन् । दुलाहा–दुलही सामान्य घाईते भएका छन् ।

दुर्घटना भएको स्थानमा अहिले स्थानीयवासी र प्रहरीले उद्धारको काम गरिरहेका छन् । आईतबार बैतडीको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकबाट दुलाहा लगेर उक्त जिप कञ्चनपुरको शुक्लाफाटा नगरगपालिकाको बन्सा गएको थियो । एकदिवसिय विवाह सकेर आईतबार राति नै बैतडी फर्किएको जिप सोमबार बिहान बैतडीको पाटनमा दुर्घटनामा परेको हो ।
दुर्घटनाको कारण खुल्न सकेको छैन । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्