यस्तो रहनेछ आगामी तीन दिनको मौसम ! कुन कुन ठाउँमा हुन्छ वर्षा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । देशको प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली र अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

बिहीबार देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरुमा तुवाँलोको सम्भावना छ ।

शुक्रबार ​ देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ । सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरुका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ÷हावाहुरी सहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिबार देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेश , सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ÷हावाहुरी सहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्