पाकिस्तानका लागि चिनियाँ राजदूत बसेको होटेलमा विष्फोट, ४ जनाको मृत्यु

काठमाडौँ – पाकिस्तानमा बुधबार राति एक होटलको पार्किङमा बिस्फोट हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ ।

दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानको राजधानी क्वेटास्थित होटल सेरेनाको पार्किङमा भएको बिस्फोटमा परी ४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

पाकिस्तानका लागि चिनियाँ राजदूत नोङ रोङको टोली बसिरहेको होटलको पार्किङमा बुधबार राति स्थानीय समयअनुसार सवा दश बजेतिर बिस्फोट भएको हो ।

पाकिस्तानी सञ्चारमाध्यमहरूका अनुसार बिस्फोटको बेला चिनियाँ राजदूत होटलभित्र थिएनन् ।

सुरक्षा स्रोतका अनुसार बुधबार राति राजदूत रोङ पाकिस्तानी सेनाका अधिकारीहरूसँग रात्रीभोज गरेर होटल फर्किन लागेका थिए । उनी होटलमा पुग्नु केहीबेर अघि बिस्फोट भएको हो ।

चिनियाँ टोलीका सबै जना सुरक्षित रहेको र ज्यान गुमाउनेहरू सबै पाकिस्तानी नागरिक भएको पुष्टि भएको छ ।

पाकिस्तानी गृहमन्त्री शेख रसिद अहमेदले बिस्फोटको घटनालाई आतंकवादको संज्ञा दिँदै हरेक कोणबाट यसको अनुसन्धान हुने बताएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्